Tribhuvan University Office of examination controller office Balkhu has published notice about the chance exam for those student who got admission at the academic year at 2063 BS and the who have 6 year duration of collage was passed.
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह प्रथम बर्षको परीक्षा दिने मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायका आंशिक परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा र प्राइभेट तर्फका आंशिक परीक्षा दिने परीक्षार्थीहरूका साथै मौका परीक्षार्थीहरूको हकमा २०६२ सालमा प्रथम वर्षमा क्याम्पस भर्ना भई २०६३ सालमा पहिलो पटक प्रथम वर्षको परीक्षा दिएदेखि ६ वर्ष नाघी उत्तीर्ण हुन नसकेका र प्राइभेटको हकमा २०६३ सालमा प्रथम वर्ष पहिलो पटक परीक्षा दिइ ६ वर्ष नाघेर उत्तीर्ण हुन नसकेका परीक्षार्थीहरूलाई २०७६ सालमा अन्तिम पटकका लागि मौका परीक्षामा सम्मिलित हुने त्रि. वि. प्राज्ञिक परिषद्को निर्णय अनुसार त्यस्ता क्याम्पसका परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा र प्राइभेट परीक्षार्थीहरूले (गत साल पुरा परीक्षा दिएका र यस बर्ष आंशिक परीक्षा दिनेले गतसाल जुन ठाउँबाट परीक्षा आबेदन भरेको हो सोहीठाउँबाट भर्ने) यस कार्यालयमा र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७६ साल पौष १३ गते देखि मिति २०७६ साल माघ १४ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र २०७६ साल माघ २१ गते सम्म भनिएकोमा परीक्षा सञ्चालक समितिको मिति २०७६ साल माघ १० गतेको निर्णय अनुसार मिति २०७६ साल माघ २३ गते सम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र २०७६ साल फागुन १ गते सम्म परीक्षा आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो बिशेष सूचना प्रकाशित गरिएकोछ । अन्य सम्पुर्ण कुराहरु पुर्ब प्रकाशित सुचना अनुसार नै हुनेछ ।
यो सूचना त्रि. वि. website: www.tuexam.edu.np मा हेर्न सकिन्छ ।
मिति २०७६–१०–१०
Leave a Reply